arrow

रुस-युक्रेन युद्ध : युक्रेनबाट ३५ लाख मानिस विस्थापित

logo
एएफपी,
प्रकाशित २०७८ चैत ७ सोमबार
Ukrainian-Russian-missile-attack.jpg

जेनेभा । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसै गरी अरू करिब एक करोड मानिस भने आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरू युक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।  

संयुक्त राष्ट्र सङ्घको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो ।  युक्रेनमा छिमेकी ठुलो मुलुक रुसले गत फेब्रुअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।

“पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान युक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रूपमा लिइएको छ,” यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ