arrow

गिरिजाबाबुको स्मृतिमा दीप प्रज्ज्वलन 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ चैत ७ सोमबार
275045975_5874347262599758_3540230715711524189_n.jpg

झापा । नेपाली राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका तत्कालीन सभापति एवं चार पटकका प्रधानमन्त्री, प्रथम कार्यवाहक राष्ट्राध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस विविध कार्यक्रम गरी कांग्रेस एवं उसको भ्रातृ संस्थाले मनाएका छन् । 

गिरिजाबाबुको सम्झनामा झापाको गौरादहमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको आयोजनामा स्मृति सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेविसंघ गौरादह कृषि क्याम्पस एकाइ समितिका विद्यार्थी तथा नेपाल तरुण दल सम्बद्द प्रतिनिधि सुरज खड्काको अगुवाइमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रबिन ढुंगाना, नेता ज्ञानेन्द्र खत्री लगायतले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गिरिजाबाबुको योगदानमाथि समीक्षा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ