arrow

युक्रेनमाथि रुस आक्रमणको २७ औं दिन, २५ सय बालबालिका अपहरण गरी रुसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
ukraine-bisfot-attack-keiv.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको आज २७ दिन भइसकेको छ । यसबीचमा अकल्पनीय क्षति युक्रेनले बेहोरेको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले नाटोसँग आफूलाई सामेल गर्ने हो कि हैन भनी प्रश्न गरेका छन् ।

त्यस्तै युक्रेनी विदेशी मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको डोनेस्क र लुहान्स्कबाट करिब २५ सय युक्रेनी बालबालिकालाई अपहरण गरेर रुस लगेको आरोप लगाएका छन् । 

त्यस्तै युद्ध रोकिने छाँट नदेखिएपछि जर्मनीका विदेशमन्त्रीले यृुरोपियन युनियनसँग ८० लाख युक्रेनी शरणार्थीका लागि तयार रहन आग्रह गरेका छन् । 

संयुक्त राष्ट्र संघको उच्चायुक्तको कार्यालयले अहिलेसम्म एक करोडभन्दा बढी मानिस शरणार्थीका रुपमा देशभित्र र बाहिर सरेको बताएको छ । 

पछिल्लो समय रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् । 

रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । 

पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि शुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ