रुसी सांसदहरूले पारित गरे नयाँ विधेयक : गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय
एएफपी,
प्रकाशित २०७८ चैत ८ मंगलबार
263
Shares
मस्को । युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।
तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रूसी सरकारी एजेन्सीहरूले "रूस र यसका नागरिकहरूको हितमा" विदेशमा गरिएका कार्यहरूको बारेमा "जानीजानी गलत जानकारी" प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ।