arrow

पोग्बाको विश्वकप फुटबलको स्वर्णपदक चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
paul-pogba.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । फ्रेन्च फुटबल स्टार पल पोग्बाको विश्वकप फुटबलको स्वर्णपदक चोरी भएको छ । इङ्गलिश क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पोग्बाले पदक चोरी भएको जनाएका हुन् । 

२९ वर्षे पोग्बाले च्याम्पियन्स लिग फुटबलको एथलेटिको मड्रिड विरुद्धको खेलका क्रममा गत हप्ता घरमा चोरी भएको उनले बताएका हुन् । उक्त समयमा घरमा उनकी आमा र दुई छोराछोरी थिए । 

चोरले उनकी आमाका गरगहनासँगै विश्वकपको पदक पनि चोरेर लगेको ले फिगारोलाई बताएको बीबीसीले लेखेको छ । उनले आफ्नो पदक चोरी भए पनि आमा र छोराछोरी सुरक्षित भएकामा भने खुशी ब्यक्त गरेका छन् । 

सन् २०१८ को रुसको मास्कोमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकप जितेको थियो । उक्त चारमध्ये तेस्रो गोल पोग्बाले गरेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ