arrow

रुसले भन्यो- 'हामीसँग अवधारणा छ, सोही अनुसार परमाणु बम हान्छौं'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
russia-spokesperson-putin.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफ्नो (रुसको) अस्तित्व खतरामा परेको अवस्थामा आणविक हतियार (परमाणु बम) प्रयोग गर्ने बताएका छन् । सीएनएनका लागि क्रिस्टियन अमानपुरले लिएको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

पुटिनले युक्रेनी सन्दर्भमा आणविक विकल्प प्रयोग गर्छन् कि गर्दैनन् भन्ने प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। पेस्कोभले भनेका छन्, 'हामीसँग घरेलु सुरक्षाको अवधारणा छ, र यो सार्वजनिक छ। तपाईले आणविक हतियार कुन अवस्थामा प्रयोग गर्ने भन्ने कारणहरू पढ्न सक्नुहुन्छ ।'

'त्यसैले यदि हाम्रो देशको अस्तित्वको लागि खतरा भयो भने, यस (परमाणु बम) लाई हाम्रो अवधारणा अनुसार प्रयोग गर्न सक्छाैं, उनले भनेका छन् । पुटिनले गत महिना फेब्रुअरी २८ मा रुसको आणविक सेनालाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मार्च १४ मा भनेका थिए, 'आणविक द्वन्द्वको सम्भावना, एक पटक अकल्पनीय थियो, अब सम्भावनाको दायरामा फर्किएको छ ।'

युक्रेनमा रसियाको युद्ध 'पहिले स्थापित योजना र उद्देश्यहरू अनुसार कडाईका साथ चलिरहेको' पेस्कोभले सीएनएनलाई बताएका छन् ।

पुटिनले युक्रेनमा रासायनिक र जैविक हतियारहरू प्रयोग गर्ने तयारी गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछिका बेला पुटिनका प्रेस सल्लाहकारले यस्तो टिप्पणी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ