arrow

युक्रेन आक्रमणको २९ औं दिन, भारतले रुसको साथ छाड्यो, चीनको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
ukraine-missile.JPG
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनमाथि थालेको आक्रमणको आज २९ दिन पुगेको छ । अहिलेसम्म निकै नै अस्तव्यस्त भइसकेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनीहरुको मानवीय स्थितिलाई लिएर आज संयुक्त राष्ट्र सुरक्षा परिषद यूएनएससीको ड्राफ्ट पेश गरिएको छ । 

उक्त ड्राफ्टमा भारतसहित १३ देशले मतदानमा भाग लिएनन् । चीनले भने रुसको समर्थन गरेको छ । इजरेल भने रुससँग डराएको छ । जसका कारण इजरेलले युक्रेनलाई जासुसी सफ्टवेयर पेगासस स्पाइवेयर दिन अस्वीकार गरेको छ । 

त्यस्तै नाटोले युक्रेनलाई न्यूक्लियर, केमिकल, बायोलोजिकल र रेडियोलोजिकल आक्रामणबाट बच्नका लागि आवश्यक उपकरण दिने कुरा गरेको छ । 

रुसी आक्रमण जारी रहँदा युक्रेनको राजधानी किभमा रुसी सेनाको गोली लागेर पत्रकार ओक्साना बौइलाको मृत्यु भएको छ । 

मारियुपलबाट ४ हजार ५५४ जना लाई सकुशल उद्धार गरिएको युक्रेनी उपविदेशमन्त्रीले बताएका छन् । 

युक्रेन युद्धलाई लिएर झुटो समाचार फैलाएको भन्दै रुसले गुगल न्यूज सर्भिसलाई प्रतिबन्ध लगाएको छ । 

रुसले अहिलेसम्म युक्रेनसँग शान्ति वार्ता गर्न खोजेको छैन । युक्रेनी राष्ट्रपतिको आग्रहलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ