arrow

पुटिनका सल्लाहकारले राजीनामा दिएर देश छोडे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
putin4.jpg

काठमाडौं । भ्लादिमिर पुटिनका प्रमुख सल्लाहकारले सरकारबाट राजीनामा दिएका छन् । युक्रेनमा क्रेमलिनको आक्रमणलाई लिएर राजीनामा दिने यी पहिला उच्च अधिकारी हुन् ।

अनातोली चुबैसले राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अन्तर्राष्ट्रिय दूतको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिएका हुन् । उनी अहिले आफ्नी श्रीमतीसँग टर्कीमा रहेको रुसी रिपोर्टहरूले जनाएको छ ।

रुसको दिगो विकास लक्ष्यहरू अन्तर्राष्ट्रिय रूपमा समन्वय गर्ने कामको जिम्मा चुबैसलाई दिइएको थियो । 

रुसले आक्रमण गरेपछि युक्रेनमा युद्ध सुरु भएपछि उनले हत्या गरिएका विपक्षी व्यक्तित्वको तस्बिर पोस्ट गरेका थिए । जसलाई एक महत्त्वपूर्ण इशाराको रूपमा हेरिएको थियो।

बोरिस नेम्त्सोभको हत्याको वार्षिकोत्सवमा फेसबुकमा पोस्ट गरिएको फोटोमा क्रेमलिनलाई ध्यानमा राख्दै कुनै टिप्पणी थिएन। उनले पनि आफ्नो राजीनामाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्,'चुबैसले आफ्नो इच्छाले राजीनामा दिएका छन्। तर उनले रुस छाडेका छन्, या छैनन् व्यक्तिगत मामला हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ