arrow

रुसले रासायनिक हमला गरे युद्ध बदल्ने नेटोको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
biden-nato-leader.jpg

काठमाडौं । रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेमा यसले नेटोको भूमिमा समेत असर पार्ने नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले बताएका छन् । ब्रसेल्समा नेटो, जी ७ र ईयूको सम्मेलन अघि उनले यस्तो बताएका हुन् ।

‘रासायनिक हतियारको कुनै पनि प्रयोगले द्वन्द्वको प्रकृतिलाई मौलिक रूपमा परिवर्तन गर्नेछ, यो अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन हुनेछ, र यसका व्यापक र गम्भीर परिणामहरू हुनेछन्’, उनले नेटो शिखर सम्मेलन अघि भने।

यस्तै उनले भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको बताएका छन् । यस्तै उनले युक्रेनमा नेटोले उडान नगर्ने क्षेत्र घोषणा गर्नुको अर्थ गठबन्धनले रुसी हवाई रक्षामा ठूलो हमला गर्नुपर्ने बताएका छन् । युक्रेनमा ‘नोफ्लाई जोन घोषणा गर्नु भनेको रुसमाथि आक्रमण गर्नु भएको उनको भनाइ छ ।

नेटो, जी७ र ईयू शिखर सम्मेलनको अभूतपूर्व एकदिवसीय त्रिपक्षीय बैठकमा पश्चिमी राष्ट्रहरूले पुटिनलाई थप चेतावनी दिँदैछन् ।

युरोपेली संघले अर्को हिउँदमा रूसी ग्यास आपूर्तिमा पूर्ण रोक लगाउने लगायतका परिदृश्यहरूको मूल्याङ्कन गरिरहेको युरोपेली आयोगका उपाध्यक्ष भाल्डिस डोम्ब्रोभस्किसले बताएका छन् ।

रुसी सरकारले सैन्य लक्ष्यमा पुग्न नसकेपछि युक्रेनमा युद्धविरामका लागि वार्ता गर्न कुनै चासो नराखेको ईयूका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलको भनाइ छ ।



नयाँ