arrow

युक्रेनका राष्ट्रपतिले भने- 'पश्चिम र रुसको बीचमा फसेको महसुस हुँदैछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
nato-putin-zelensky.jpg

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो लिङ्क मार्फत नेटो शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । नेटोलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो देश पश्चिम र रुसको बीचमा फसेको महसुस गरेको बताएका छन् ।

उनले आफ्नो देश 'कतकता पश्चिम र रुस बीचको ग्रे जोन' मा फसेको महशुस गरेको' बताएका छन् । युक्रेन नेटो गठबन्धनको हिस्सा नभए पनि 'हाम्रा संयुक्त मूल्यमान्यताको रक्षा' गरिरहेको उनको भनाइ छ ।

'जेलेन्स्कीले युद्धको यो एक महिना साहसी रक्षा र विनाशको भयानक कालो महिना' भएको बताएका छन् । उनी भन्छन् कि 'युक्रेन बहादुरीका साथ लडिरहेको छ, तर हजारौँ ज्यान गएका छन्, सहर ध्वस्त भएका छन् र करिब १ करोड मानिसहरूले देश छोडेका छन् ।'

जेलेन्स्कीले युक्रेनसँग कुनै शक्तिशाली एन्टि एयरक्राफ्ट प्रतिरक्षा प्रणाली नभएकोले सुरुदेखि नै आफ्नो आकाशलाई जोगाउन मद्दत गर्न हवाई सहयोगको लागि अनुरोध गर्दै आएको बताएका छन् । रुसले सामूहिक विनाशका हतियार प्रयोग गरिरहेको र त्यसको नतिजा स्पष्ट रहेको उनले बताए ।

एक महिनासम्म असमानताका साथ लडिरहेको उनले बताएका छन् । अहिलेसम्म युक्रेनले एउटा पनि विमान नपाएको बताउँदै उनले ट्याङ्क खरिद गर्नसमेत नेटोले जवाफ नदिएको बताएका छन् । 'युक्रेन वर्षौं र वर्षौं युद्ध गर्न चाहँदैन,' उनी भन्छन्, 'हामी केवल बाँच्न र हाम्रा मानिसहरूलाई बचाउन चाहन्छौँ।'

तर, उनले नेटोलाई दोष नदिने बताएका छन् । तर, गठबन्धनले अझै पनि युक्रेनलाई थप हतियार प्रदान गरेर थप मानिसको ज्यान जोगाउन सकिने उनको भनाइ छ ।

यस्तै उनले रुसले फसफोरस बम प्रयोग गरेको समेत बताएका छन् । यस्तै उनले आफ्नो सेनालाई नेटोको मापदण्ड बराबर नभएको नभन्न आग्रह गरेका छन् ।

उनले भने, 'एक महिनाको युद्ध पछि म तपाईँसँग एउटै मात्र माग गर्दछु, कृपया हामीलाई कहिल्यै नभन्नुहोस् कि हाम्रो सेना नेटोको मापदण्ड अनुरूपको छैन ।'



नयाँ