arrow

फेरि पनि इटाली विश्वकपमा छनोट हुन असफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
italy-northmacedonia.jpg

काठमाडौं । पूर्व विजेता इटाली फेरि पनि विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । युरोकप विजेता इटालीले सन् २०२२ को कतार विश्वकपमा खेल्न नपाउने भएको हो । विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको भाग्यमा पूर्णविराम लागेको हो । 

इटालीको घरेलु मैदानमा भएको खेलमा नर्थ म्यासेडोनियाका लागि एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा गोल गरेका थिए ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । यसअघि सन् २०१८ को रुसमा भएको विश्वकपमा पनि इटाली सहभागी हुन पाएको थिएन । 

इटाली चार पटकको विजेता हो । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा उपाधि जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ