arrow

उरुग्वे विश्वकपमा छानियो, दक्षिण अमेरिकी समूहबाट अब पेरु, कोलम्बिया र चिलीमध्ये एक छानिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
uruguay-football.jpg

काठमाडौं । उरुग्वे २०२२ को कतार विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतारको टिकट काट्न सफल भएको हो । 

उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै दक्षिण अमेरिकी समूहका १० टिममध्ये चौथो स्थानमा रहेर उरुग्वे विश्वकपमा छानिएको हो । यो समूहबाट पेरु, कोलम्बिया र चिलीमध्ये एक टिम छानिने छ । 

एक खेल खेल्न बाँकी छँदा उरुग्वेको २५, पेरुको २१, कोलम्बियाको २० तथा चिलीको १९ अंक छ । 

पाराग्वे, बोलिभिया र भेनेजुएला भने बाहिरिएका छन् । 

यसअघि नै शीर्ष स्थानको ब्राजिल, दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको इक्वेडर विश्वकपलाई छानिइसकेका थिए । 

यस्तो छ आजको खेलको नतिजा
आज बिहान भएको खेलमा ब्रजिलले चिलीलाई ४–० ले हरायो । ब्रजिललाई जिताउन नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लिसनले एक एक गोल गरे ।

कोलम्बियाले बोलिभियालाई ३–० ले हरायो । पाराग्वेले इक्वेडरलाई ३–१ ले हरायो । भोलि बिहान अर्जेटिनाले भेनेजुएलासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ