arrow

हामीसँग लड्न आए के हालत हुन्छ बुझुन् भनेर मिसाइल परीक्षण गरेका हौं : किम जोङ उन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
kcna-northkorea-missile-kim-jong-un.PNG

काठमाडौं । प्रतिरक्षा बलियो बनाउन र संयुक्त राज्य अमेरिकासँग 'लामो भिडन्त' को लागि तयारी गर्न आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको सरकारी मिडियाले शुक्रबार जनाएको छ ।

लिडर किम जोङ उनको आदेशमा उत्तर कोरियाले बुधबार ह्वासोङ-१७ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाली राज्य सञ्चारमाध्यमका अनुसार प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्षेपण गरिएको उक्त मिसाइल ६ हजार २ सय ४८ किलोमिटरको उचाइमा पुगेर ६७ मिनेटको उडान अवधिमा १ हजार ९० किलोमिटरको दूरीमा उडेको थियो।

कालो छालाको ज्याकेट लगाएका किम जोङ उनले प्रक्षेपण हेरेका थिए । सन् २०१७ पछिको यो  पहिलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणको अमेरिका र संयुक्त राष्ट्रसंघलगायतले निन्दा गरेको छ ।

'कोरियाली प्रायद्वीप र वरपर दैनिकरुपमा बढ्दो सैन्य तनाव' र 'अमेरिकी साम्राज्यवादीहरूसँग लामो समयदेखिको टकरावको अपरिहार्यतासँगै आणविक युद्धको खतरा'को कारण किम जोङ उनले मिसाइल परीक्षणको आदेश दिएको त्यहाँको आधिकारिक समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

'लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके)को नयाँ रणनीतिक हतियारको उदयले सम्पूर्ण विश्वलाई हाम्रो रणनीतिक सशस्त्र बलको शक्तिको बारेमा फेरि एक पटक स्पष्ट रूपमा सचेत गराउनेछ,' किमले भनेका छन् ।

यस्तै किम जोङ उनले कुनै पनि देशले उत्तर कोरियासँग लड्न आए के हालत हुन्छ अथवा कति महँगो मूल्य चुकाउनु पर्छ भन्ने बुझाउन मिसाइल परीक्षण गरेको बताएका छन् । 

'हाम्रो देशको सुरक्षामा खलल पुर्‍याउने प्रयास गर्नु अघि उनीहरूले कति धेरै महँगो मूल्य चुकाउनु पर्छ भन्ने तथ्य कुनै पनि शक्तिलाई राम्ररी बुझाउनु पर्छ,' उनले अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ