arrow

किमले छोरीसँगै गरे अत्याधुनिक रकेट प्रणालीको निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
kim-rocket-view.jpg

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरी किम जु एलाई साथमा लिएर बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गरेको बताए। राज्य सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैनिक अभ्यासको जवाफका रूपमा लिइएको छ।

उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार किमले शनिबार देशको पूर्वी समुद्री किनारमा १२ वटा ६०० मिलिमिटर क्षमताका अत्याधुनिक रकेट प्रक्षेपकहरूको प्रयोग गरी गरिएको आक्रमण अभ्यासको प्रत्यक्ष निरीक्षण गरेका बताए। सोही क्रममा दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको राजधानी आसपासबाट करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जानकारी दिएको छ, जसलाई दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले उक्साहटपूर्ण कदम र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भनेको छ।

किमले उक्त अभ्यासले ४२० किलोमिटरको दायराभित्र रहेका शत्रुहरूलाई आणविक हतियारको विनाशकारी शक्तिको भयावह रूप बुझाउने चेतावनी दिएको समाचार संस्थाले बताए। सन् २०२२ देखि निरन्तर सैनिक कार्यक्रमहरूमा देखिँदै आएकी १३ वर्षीया छोरी किम जु ए र किम जोङ उन विशाल प्रक्षेपण ट्रकहरू नजिकै हिँडिरहेको तस्बिरहरू सार्वजनिक भएका छन्। सुरक्षा विश्लेषकहरूले किम जु एको सक्रियतालाई सम्भावित उत्तराधिकारीको तयारीका रूपमा हेरिरहेको र उत्तर कोरियाले यस्ता रकेट प्रणालीबाट आणविक हतियार प्रक्षेपण गर्न सकिने दाबी गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ