arrow

रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने बाइडेनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
biden-nato-leader.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

ब्रसेल्समा नेटो र जी७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश्नको जवाफमा भने,  'उस(रुस)ले (रासायनिक हतियार)प्रयोग गर्याे भने, हामी प्रतिक्रिया दिनेछौं । प्रतिक्रियाको प्रकृति (रासायनिक हतियार)प्रयोगको प्रकृतिमा निर्भर हुनेछ।'

यस्तै अमेरिकाले रुसलाई प्रमुख आर्थिक राष्ट्रहरूको क्लब जी२० बाट बाहिर निकाल्न समेत चाहेको छ । यद्यपि इन्डोनेसिया र अरूहरू असहमत भएका कारण यो तत्काल सम्भव नभएको उनले बताएका छन् ।

शुक्रबार पोल्याण्डको भ्रमणमा रहेका बाइडेनले युक्रेनी शरणार्थी संकटलाई प्रत्यक्ष रूपमा देख्ने भएका छन् । 



नयाँ