arrow

मेस्सीको गोलले अर्जेन्टिनाको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
messi-argentina-world-cup.jpg

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लियोनल मेस्सीको गोलले अर्जेन्टिनाले सहज जित निकालेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन मेस्सीसँगै निकोलस गोन्जालेज र एन्जल डी मारियाले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

यस जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ । सन् २०२२ को कतार विश्वकपमा यसअघि नै छनोट भइसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ ।

भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ । भेनेजुएला बाहिरिइसकेको छ । यो समूहबाट शीर्ष स्थानको ब्रजिलको ४२ अंक छ । यो समूहबाट तेस्रो स्थानको इक्वेडर र चौथो स्थानको उरुग्वे समान २५ अंकसहित एक खेलअघि नै विश्वकपमा छानिएका छन् । 

अब एक टिम छानिनु पर्नेछ । पेरु, कोलम्बिया र चिलीमध्ये एक टिम विश्वकपमा पुग्नेछ । तीन वटै टिमले अन्तिम खेल खेल्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ