arrow

युक्रेन युद्ध मस्कोको लागि रणनीतिक असफलता'- बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
joe-biden-new.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले गरेको युद्धलाई मास्कोका लागि ‘रणनीतिक असफलता’ भनेका छन्। नेटो, जी ७ र ईयूको आपतकालीन बैठकका लागि युरोपको भ्रमणमा रहेको बाइडेनले यस्तो भनेका हुन्।

‘भ्लादिमिर पुटिनको क्रुरताको बाबजुद पनि यो युद्ध रुसको लागि पहिले नै रणनीतिक असफलता भएको कुरामा कुनै शंका छैन,ु पोल्याण्डको राजधानी वार्सामा एक सम्बोधनका क्रममा बाइडेनले भने।

‘युक्रेनमा रुसको कहिल्यै जित हुने छैन, किनकि स्वतन्त्र मानिसहरूले निराशा र अन्धकारको संसारमा बाँच्न अस्वीकार गरेका छन्। हामीसँग फरक भविष्य हुनेछ, लोकतन्त्र र सिद्धान्त, आशा र प्रकाश, शिष्टता र स्वतन्त्रता र सम्भावनाको मर्यादामा जरा गाडिएको उज्यालो भविष्य हुनेछ’, उनले थपे ।

यस्तै बाइडेनले भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘भगवानका खातिर, यो मानिस सत्तामा रहन सक्दैन’, बाइडेनेको यो भाषणपछि रुसमा कसले शासन गर्ने निर्णय बाइडेनले गर्न नसक्ने भन्दै क्रेमलिनले प्रतिक्रिया दिएको थियो ।

पछि ह्वाइट हाउसले बाइडेनले शासन परिवर्तनको लागि आह्वान गरेको नभएर पुटिनलाई छिमेकीहरूमा शक्ति प्रयोग गर्न अनुमति दिन नसकिँदैने टिप्पणी गरेको बताएको छ ।

रुसी सेनाले युक्रेनको स्लावुटिच कब्जा गरेको छ । चेर्नोबिल आणविक प्लान्टका कामदारहरू बस्ने यो ठाउँमा तीन जना मारिएका छन्।

यस्तै रुसी सेनाले पूर्वी सहर खार्किभमा रहेको आणविक अनुसन्धान रिएक्टरमा गोली चलाएको युक्रेनी संसदले दाबी गरेको छ । उता, पश्चिमी युक्रेनको लभिभमा मिसाइल आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ