arrow

'पदकै लागि बादलहरू एमालेमा गए'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
devendra-poudel.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन्। बागलुङको एक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
 
“बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले भने “पार्टीलाई धोका दिई पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुत हुनुपर्ने बताए । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्री पौडेलले भने, “आफ्नो पार्टी मजबुत भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।” 

माओवादीको लामो सङ्घर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए । 

“माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरू गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो” मन्त्री पौडेलले भने “माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरूको कमी छैन, संविधानतः जनप्रतिनिधिले कु गर्न मिल्दैन दुई-दुई पटक संविधान मिचेर संसद अन्त्य गर्नेले उल्टै ठुला कुरा गरेको सुहाउँदैन ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ