- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी सेनाले आक्रमणका क्रममा कब्जा गरेको विभिन्न गाउँहरू युक्रेनी सेनाले काउण्टर अट्याक गर्दै फिर्ता ल्याएको छ । शनिवार खार्किभको पूर्व र मारियुपोलको उत्तर पश्चिम लगायतका धेरै गाउँहरू रुसी सेनाबाट युक्रेनले फिर्ता ल्याएको हो ।
खार्किभका क्षेत्रीय प्रशासकले मलाया रोगन वरपरका धेरै गाउँहरू युक्रेनी सेनाले पुनः कब्जा गरेको बताएका छन्।
खार्किभ वरपर युक्रेनी सेनाको सफलता थप उत्तरमा प्रतिबिम्बित हुँदै सुमी शहर नजिकैका धेरै बस्तीहरू पनि रुसी सेनाको कब्जाबाट मुक्त गरेका छन्, ।
युक्रेनी सेनाको काउन्टरट्याकले मारिउपोलको उत्तर पश्चिममा रुसी सेनाबाट दुई वटा गाउँहरू मुक्त गराएको जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ।
शनिवार रुसी सेनाले आइतबार ल्भिभ र कीभ बाहिर इन्धन डिपोहरूमा हमला गरेको पुष्टि भएको छ । युक्रेनी सेनाहरूको लागि इन्धन आपूर्तिलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप सहायताको लागि आह्वान गरेका छन् । उनले नेटोका १ प्रतिशत ट्याङ्क र विमानहरूको माग गरेका छन् ।