arrow

अर्घाखाँची सिमेन्टमा ४ अर्ब १३ करोड लगानी थप्न ऋण सम्झौता

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
Picture-(1).jpg.jpeg
काठमाडौँ। अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता बृद्धि गर्नको लागि ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गर्ने भएको छ। हालको १२०० एमटी प्रति दिन उत्पादन क्षमता रहेको कम्पनिले लगानी बृद्धि गरेसँगै ३००० एमटी प्रतिदिन पुर्‍याउने भएको छ।
 
सोमबार भएको एक कार्यक्रममा कम्पनिलाई नबिल बैकको अग्रसरतामा अन्य ६ वटा बैंकले कर्जा स्वरुप २ अर्ब ८९ करोड लगानी गर्ने सम्झौता भएको हो। बाँकि रकम १ अर्ब २४ करोड उद्योगका प्रर्वदकहरुले लगानी गर्ने कम्पनीले जनाएको छ। 
 
कर्जा लगानी गर्ने बैंकहरुमा नेपाल बैंक लिमिटेड, एन.आइ.सि एसिया बैंक, ग्लोवल आइ.एम.ई बैंक, प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंक रहेका छन्। 
 
अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी रहेको छ। क्षमता वृद्धिसँगै अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने भएको छ। यो क्षमता वृद्धि डेढ बर्ष सम्ममा पुरा गर्ने लक्ष्य कम्पनीले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ