arrow

शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घमा रिमाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
Bimal Prasad rimal.jpg

तनहुँ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विमलप्रसाद रिमाल चयन भएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ एकीकरण भएपछि आइतबार सम्पन्न बैठकले रिमाललाई सर्वसम्मत चयन भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा सुजित हिराचन, महासचिवमा उपेन्द्र तिमिल्सिना, प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार मल्ल र सचिवमा ऋषिबहादुर बस्नेत चयन भएका छन् । 

यसैगरी सदस्यहरू विर्सना श्रेष्ठ, जोशिला थापा, शान्ति भण्डारी, देवेन्द्र ढुङ्गाना, मित्रबन्धु पौडेल, कमल गैह्रे, सुजन श्रेष्ठ, प्रेम श्रेष्ठ र गिरबहादुर थापा क्षेत्री, ऋषि महत, अर्जुनकुमार श्रेष्ठ, राजबहादुर थापा, बर्मकुमार श्रेष्ठ, अमृत घिमिरे, तुलसी शाह, सुमन सापकोटा, विधान गुरुङ चयन भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ