arrow

युक्रेनी सांसदले रुसी सेनामाथि लगाइन् बलात्कारको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
Maria-Mezentseva.PNG

काठमाडौं । एक युक्रेनी सांसदले रुसी सैनिकहरूले आक्रमणको क्रममा महिलाहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको विषयमा चिन्ता व्यक्त गर्दै अपराधलाई लिएर युक्रेन चुप नबस्ने बताएकी छन् ।

बच्चाकै अगाडि आमालाई बलात्कृत गरिएको किभको पूर्वी उपनगर ब्रोभरीमाको घटनालाई ईंगीत गर्दै सांसद मारिया मेजेनत्सेवाले यस्तो बताएकी हुन् ।

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको र ती सेनालाई पक्राउ गर्न पुर्जी जारी गरिएको अभियोजन जनरल इरिना भेनेडिक्टोभाले बताएकी छन् ।

आइतबार स्काई न्युजमा बोल्दै मेजेनत्सेवाले किभको छेउमा एउटा सानो शहरमा एक नागरिकलाई उसको घरमा गोली हानी मारिएको र उनकी श्रीमतीलाई नाबालिग बच्चाको अगाडि बलात्कृत गरिएको बताएकी छन् ।

त्यसपछि ती सैनिकले बालकलाई धम्की दिएको बताइएको छ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको स्थायी प्रतिनिधिमण्डलका लागि प्रमुखसमेत रहेकी मेजेनत्सेवाले भने कि छिन् 'न्यायको जितका लागि यस्ता घटना रेकर्ड गर्नु पर्ने बताउँदा बलात्कार र यौन आक्रमणलाई युद्ध अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन' मानिने बताएकी छन् ।

एक मात्रै नभएर यस्ता थुप्रै घटनाहरू घटिसकेको उनले बताएकी छन् । यस विषयमा युक्रेन चुप नलाग्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ