- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपनिषदमा एक दृष्टान्त छ नचिकेता यमराज भएको ठाउँमा जान्छन् । जानुको कारण उनलाई उनका बुवाले दान गरिदिएका थिए यमराजलाई । जब दान गरियो तब उनी यमराज भएको ठाउँ जान्छन् र तीन दिनसम्म उनको द्वारमा बसेर उनलाई पर्खिन्छन्।
तीन दिनपछि यमराज आउँछन् र भन्छन्, 'छोरा मानिसहरू त मसँग भयभीत हुन्छन् कोही पनि मसँग आउँदैनन् तर म भएको ठाउँमा आएर तीन दिनसम्म भोक तिर्खा सहेर तिमिले मलाई पर्खयौं। यसबाट म बढो प्रसन्न भए। तिमि मसँग तीन वर माग, तिमिले जे माग्छौ त्यो दिनेछु ।'
तब वरमा नचिकेताले भने,'महाराज मलाई आत्माको ज्ञान 'आत्मज्ञान' दिनुहोस् ।' तब यमराज भन्छन्,' नचिकेता तिमि छोरा माग, श्रीमती माग, संसारका सारा सम्पदा माग जे सुकै माग म दिन्छु तर आत्मज्ञानको चर्चा नगर यस बाहेक तिमि अन्य जे सुकै माग ।'
सबै उपलब्धिहरू नचिकेताले पाइरहेका थिए । सबै प्रकारको यी क्षणिक संसारीक सुख उनलाई मिलिरहेको थियो तर यी सबै बस्तुलाई ठुक्राएर उनी भन्छन्,' होइन महाराज मलाई केवल आत्माज्ञान चाहिन्छ। जे सुकै चीज तपाई मलाई दिइरहनुभएको छ, वैभवको रूपमा धनको रूपमा सम्पत्तिको रूपमा यी सबै त यही छुट्नेछ, यी सबै नश्वर हुन् । मलाई त्यो धन चाहिन्छ जुन अविनाशी छ जुन मसँगै जानेछ, जुन कुनै पनि कालमा नाश हुनेछैन । अत कृपा गरेर मलाई त्यो आत्मज्ञान दिनुहोस् जसबाट मेरो उद्धार होस ।'
त्यस समय उनको हठ देखेर यमराजले निकै प्रसन्न हुँदै आत्माज्ञान प्रदान गरे । नचिकेताले यमराजसँग आत्माज्ञान मागे उनले अरू कहीँ मागेनन् ।
एक महात्माजीको आश्रममा एक मुसा बस्थ्यो । खाएर पिएर मस्तसँग बस्थ्यो । एक दिन महात्माले भने,'मुसा तिम्रो खेलकुद देखेर म निकै प्रसन्न भए माग तिमि के चाहन्छौँ ।' उसले भने, 'महाराज तपाईँको आश्रममा आउनु भन्दा पहिले बिरालोले दुख दिन्थ्यो मलाई बिरालो बनाइ दिनुहोस्।' मुसा बिरालो बनेर घुम्न थाल्यो त उसको पछि कुकुर लाग्यो । उसले महात्मालाई फेरी भने,' महात्माजी एक कष्ट पुन गर्नुहोस् मलाई कुकुर बनाइ दिनुहोस् ।' कुकुर बन्यो तब केही बाघ उसको पछि लागे। उसले महात्मालाई फेरी भने,'महराज मलाई बाघ बनाइ दिनुहोस् ।'
बाघको पछि सिंह लाग्यो अब प्रार्थना गर्छन् की मलाई सिंह बनाइ दिनुहोस् । सिंहको पछि सिकारी लागे तब उनले भने,'महाराज यस्तो गर्नुहोस् मलाई सिंहको ठाउँमा सिकारी बनाइ दिनुहोस् ।' यस प्रकार हर कोहीको इच्छाहरू बढ्दै जान्छन्। यिनीहरूको अन्त छैन र यस कारण हामीलाई सन्तबाट भौतिक चीज नमागेर त्यो चीज माग्न आवश्यक छ जसले हामीलाई पूर्ण सन्तोष प्रदान गर्नेछ ।
एक महात्मा सेठ भएको ठाउँमा गए । उनले भने,'मसँग हिँड म तिमिलाई भगवान्को भजन बताउँछु जसबाट तिमिले मुक्ति प्राप्त गर्नेछौ ।' सेठले भने,'मेरो सा साना बच्चाहरू छन् । यदि म तपाईँसँग गए भने उसको हेरचाह कसले गर्नेछ मलाई केही समय दिनुहोस्, तपाई केही समयपछि आउनुभए म अवश्य जानेछु । मलाई भगवानकहाँ जान्ने इच्छा छ ।'
केही समयपछि महात्माजी आए तब देखे सेठको देहान्त भएछ उनले दिव्य दृष्टिबाट देखे कि सेठ त्यसै घरमा भैँसी बनेर कोल ( तोरी पिस्ने ) मा जोतिएका थिए। महात्मा भैँसी भएको ठाउँमा पुगेर भने, 'हिँड तिमिलाई भगवान्को नाम बताउँछु । तिम्रो कल्याण हुनेछ यस योनीबाट तिमिले मुक्ति पाउनेछौ ।' भैँसीले भने,'महात्माजी क्षमा गर्नुहोस् केही समयपछि आउनुहोला किनभने अहिले त म कोल चलाइ रहेको छु । यदि मैले तेल पेलिन भने मेरा सन्तानले के खान्छन् ।' महात्मा जी गए ।
फेरी आए तब भैँसी पनि मरिसकेको देखे। दिव्य दृष्टिबाट हेरे तब सेठ कुकुर बनेको देखे । भने सेठ, 'अब त कुकुर बन्यौ हिँड मसँग ।' कुकुरले भने,' महाराज मेरो छोरा निकै धनवान् भयो तर केही लापरवाह छ यदि मैले घरको सुरक्षा गरिन भने चोर सारा धन चोरेर लिएर जानेछ यस कारण अहिले क्षमा गर्नुहोस् केही समय पछि आउनु होला । केही समयपछि महात्मा आए तब सेठ कुकुरको योनीबाट भ्यागुतोको योनी प्राप्त गरेका थिए । उनले भने,'सेठ अब त तिमि भ्यागुतो बन्यौ हिलो गारोमा बस्छौ अब त मसँग हिँड ।'
तब त्यो भ्यागुतोले भने,'महाराज क्षमा गर्नुहोस् म तपाईँसँग जान सक्दिन ।' महात्माले सोधे,' भाइ कारण के हो ? उनले भने महराज मेरो नाति नातिनी भए उनीहरूलाई खेल्दै गरेको देखेर मलाई बढो आनन्द महसुस हुन्छ म यस कीचकलाई बिर्सन्छु। यस कारण मलाई क्षमा गर्नु होस म तपाईँसँग जान सक्दिन।'
आज मानवको स्थिति यही छ उसलाई बचाउनको लाग मुक्ति प्रदान गर्नको लागि सन्तहरू आउँछन् तर मानव साना साना कामनाहरूमा फसेर आफू भित्र स्थित त्यस महान् आनन्दलाई बिर्सन्छन् ।