- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको आज ३४ औं दिन भएको छ । रुसी सेनाले लगातार युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरिरहेको छ । मारियुपोल शहर सबैभन्दा ध्वस्त भएको छ ।
जहाँ ९० प्रतिशत क्षति भइसकेको छ । त्यहाँ पाँच हजार मानिस मारिएको बताइएको छ । एक लाख छ हजार मानिस अझै पनि फसेका छन् । रुसी सेनाले उनीहरुलाई चारै तिरबाट घेरेकाले उनीहरुको आगामी दिनबारे गम्भीर संकट पैदा भएको छ ।
रुसीतर्फ पनि क्षति धेरै नै भएको छ । अहिलेसम्म ७ डुंगा, १२७ हेलिकोप्टर, १७ हजार सैनिक, ५८६ ट्यांक, ७३ फ्युट ट्यांक, १२३ जहाज, ३०२ तोप, ६६ ड्रोन, १ हजार १५० गाडी, १ हजार ६९४ बख्तरबन्द गाडी, ९५ मल्टिपल रकेट लन्चर र ५४ एन्टि एयरक्राफ्ट वारफेयर क्षति भएको द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।
टर्कीमा शान्ति वार्ता
युक्रेन शान्तिवार्ताको पक्षमा रहिरहेको छ । रुसले भने मानिरहेको छैन । जसका कारण पटक पटकको वार्ता असफल हुँदै आएको छ । आज पनि वार्ता हुँदैछ ।
युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ ।
रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पुर्याएपछि मात्रै हतियार बिसाउने योजनामा छ ।
आज पनि वार्ता हुँदैछ । रुस र युक्रेनका डेलिगेट्सहरु टर्कीको इस्तानबुलमा पुगिसकेका छन् । दुई साता बढीको समयमा यो पहिलो फेस–टु–फेस (आमनेसामने) भएर वार्ता हुँदैछ ।