arrow

गोली चल्दा मेक्सिकोमा १९ जनाको मृत्यु, दर्जनौं घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
mexico-city-pollution.jpg.jpeg

काठमाडौं । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) ले जनाएको छ । 

‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ । आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् ।

संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ । 

अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानूनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ