arrow

रुस र युक्रेनबीच शान्ति वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
russia-ukraine.PNG

काठमाडौं । रुसले आक्रमण गरेपछि जारी युक्रेन युद्धको शान्ति वार्ताका लागि दुवै देशको प्रतिनिधिमण्डल टर्कीमा पुगेको छ । पछिल्ला दुई हप्तापछि दुवै पक्षबीच आमनेसामने वार्ता हुन लागेको हो ।

रूसीहरू हिजो राती नै इस्तानबुलमा अवतरण गरे पनि युक्रेनी प्रतिनिधिमण्डल आजमात्रै त्यहाँ पुगेको हो । युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ र राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याकले गरेका छन् ।

युद्धविराम निश्चित गर्ने युक्रेनी प्रतिनिधिमण्डलको प्राथमिकता भए पनि यो पूरा हुनेमा आशंका छ । रुस र युक्रेनयुद्ध समाधानको मध्यस्थकर्ता बन्न खोजिरहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शान्ति वार्ताको आयोजना गरेका छन् ।

मंगलबार स्थानीय समय अनुसार १० जे बैठक सुरु हुने बताइएको छ।  रूसले युक्रेनलाई नाटोमा सामेल हुने कुनै पनि इरादा त्याग्न माग गरिरहेको छ । यो मुद्दामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू सम्झौता गर्न तयार रहेको बताएका छन्।

छलफल हुने अपेक्षा गरिएका अन्य मुद्दाहरूमा युक्रेनको पूर्वमा पृथकतावादी(नियन्त्रित क्षेत्रहरूको भविष्य र सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाको बिषय समेत समावेश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ