arrow

शान्ति वार्तामा सहभागी रुसी अर्बपतिमाथि विष प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
Roman-Abramovich.jpg

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध समाधानका लागि मार्च ३ मा बेलारुसी सीमा क्षेत्रमा भएको शान्ति वार्ताका क्रममा सहभागी रुसी अर्बपति रोमन अब्रामोभिचलाई विषाक्तताका लक्षणहरू देखिएको बताइएको छ ।

चेल्सी फुटबल क्लबकामालिक अब्रामोभिच अहिले निको भइसकेको तर, उनलाई आँखा दुख्ने र छाला निस्किने समस्या देखिएको बताइएको छ ।

यस्तै वार्तामा सहभागी दुई युक्रेनी अधिकारीहरूले पनि समस्या देखिएको बताए । एक रिपोर्टमा जनाए अनुसार वार्ता अघि बढ्न नदिन खोजिरहेका रुसी कट्टरपन्थीहरू विषाक्तता गराएको हुनसक्ने अनुमान छ ।

वार्तामा सहभागी युक्रेनी सांसद रुस्टेम उमरोभ र अब्रामोविचलगातयको अहिले सुधार भएको बताइएको छ । अब्रामोविच निको भइसकेका र  युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासमा उनले वार्ता जारी राखिरहेका उनी निकट स्रोतले बीबीसीलाई बताएको छ । 

यो घटनाले युक्रेन र रुस बीचको वार्तामा ब्रोकरको रूपमा अब्रामोविचको भूमिकालाई दर्साएको छ । आइतबार, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब्रामोविचले आफूलाई युद्धको प्रभाव कम गर्ने कुराको प्रस्ताव गरेको बताएका थिए ।

रुसी अर्बपति अब्रामोविचले यसबीचमा धेरै पटक मस्को र कीभ आउने जाने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ