arrow

६० सवारी साधन ठोक्किँदा तीनको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत १५ मंगलबार
accident1.jpg

वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।  

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०.३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ