- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको छ । केहीदिन यता काठमाडौंमा प्रदूषण पनि ह्वात्तै बढेको छ ।
काठमाडौंको बुधबार बिहान ७ बजेको एयर क्वालिटी इन्डेक्स १६२ रहेको छ । यो विश्वभरकै पाँचौँ खराब हो । काठमाडौं भन्दा अगाडि लाहोर, ढाका, जकार्ता र दिल्ली अगाडि रहेका छन् । प्रदूषणले गर्दा बाहिर स्वच्छ हावा बहन सकेको छैन । यसले बालबालिकादेखि वृद्धवृद्धासम्म स्वासप्रश्वासको समस्या थपिने देखिएको छ ।
तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।