arrow

रुसी विदेशमन्त्री चीनको राजधानी बेइजिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
lavrov-wang-yi.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक रुसी विदेशमन्त्री सर्गेई लाभरोभ चीन भ्रमणमा छन् । बुधबार बेइजिङ पुगेका लाभरोभले भ्रमणका क्रममा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरूसँग अफगानिस्तानको बारेमा दुई वटा बहुराष्ट्रिय बैठकमा भाग लिनेछन्।

क्षेत्रीय बैठकमा परराष्ट्रमन्त्री वाङ यीले चीनको प्रतिनिधित्व गर्नेछन् भने, तालिबानद्वारा नियुक्त विदेशमन्त्री अमिर खान मुत्ताकीले अफगानिस्तानको प्रतिनिधित्व गर्नेछन्। कतार र इन्डोनेसिया पनि बैठकमा अतिथिको रूपमा सहभागी हुनेछन्।

अफगानिस्तानका लागि चीन र संयुक्त राज्य अमेरिकाका विशेष दूतहरूसँग रुसी विदेशमन्त्रीले छुट्टै बैठकमा भाग लिने चीनको विदेश मन्त्रालयले जनाएको छ।

चीन, अमेरिका, रुस र पाकिस्तान सबै अफगान मुद्दामा महत्त्वपूर्ण प्रभाव पार्ने देशहरू हुन्, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलवारको दैनिक ब्रिफिङमा बोल्दै भनेका छन् ।

चीनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेको छैन, र युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनमा अन्य धेरै देशहरू भन्दा पछाडि परेको छ। लाभरोभ र उनका चिनियाँ समकक्षी वाङ यीले अफगानिस्तान वार्ताभन्दा बाहिरका विषयमा कुरा गर्छन् या गर्दैनन् भन्ने स्पष्ट छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ