arrow

हेलिकोप्टर दुर्घटनामा आठ राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
un-peacekeeper.PNG

काठमाडौं । संकटग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मंगलबार पुमा हेलिकोप्टर दुर्घटना हुँदा ६ पाकिस्तानी, एक रुसी र एक सर्वियाली गरी आठ संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघ र पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

'कङ्गोमा जासुसी अभियानमा जाँदा, १ पपुमा हेलिकोप्टर दुर्घटनाग्रस्त भयो। दुर्घटनाको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन,' पाकिस्तानी सेनाको मिडिया शाखाले भनेको छ ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले दुर्घटनाको पुष्टि गर्दै सबै आठ जनाको राष्ट्रियता खुलाएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति शोक व्यक्त गरेका छन् । उत्तरी किभुमा कङ्गोली सेनाका अधिकारीहरूले एम २३ विद्रोहीहरूले हेलिकोप्टरमाथि आक्रमण गरेको जनाएको छ ।

तर, विद्रोही समूहले यसलाई अस्वीकार गर्दै बरु दुर्घटनाको लागि कङ्गोली सेना जिम्मेवार भएको दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ