arrow

बिमस्टेक : सङ्गठनको बडापत्र अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
bimstech-nepal-deuba.PNG

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरेको छ । 

श्रव्य दृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखले बडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन् । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । 

सम्मेलनले तीन नयाँ दस्ताबेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नता पत्र’मा हस्ताक्षर गरेको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ । 

त्यसै गरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान-प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारी पत्र’मा हस्ताक्षर गरे । 

तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिमस्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनः संरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ