arrow

रुसी विदेशमन्त्री भोलि भारत भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
sergey-lavrov-russia.png

काठमाडौं । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ भोलि (मार्च ३१)मा भारत भ्रमण गर्ने भएका छन् । आज अर्थात् बुधबार चीनको भ्रमणमा रहेका रुसी विदेशमन्त्री लाभरोभ भोलि नै भारतको भ्रमण गर्ने भएका हुन् ।

मार्च ३१ र अप्रिल १ गरी दुई दिने भ्रमणका लागि रुसी विदेशमन्त्री भारतमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मास्कोले युक्रेनमाथि आक्रमण गरेयता भारतको यो पहिलो उच्च कूटनीतिक भ्रमण हो । ११ अप्रिलमा भारत र अमेरिकाबीच हुने तय भएको वार्ता अघि रुसी विदेशमन्त्री भारत भ्रमणमा रहने भएका हुन् । 

भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले आफ्ना अमेरिकी समकक्षी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षा सचिव लोयड अस्टिनसँग ११ अप्रिलमा भेट गर्ने भएका छन् ।

नयाँ दिल्लीमा लाभरोभले आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग अप्रिल १ मा वार्ता गर्ने अपेक्षा गरिएको छ। यस्तै युक्रेनमा जारी द्वन्द्व र यसको परिणामका बिषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

युक्रेनमाथिको भयानक आक्रमणलाई लिएर रुसको आलोचना नगर्ने चीनपछिको अर्को एक देश भारत पनि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ