arrow

राष्ट्रसंघका अनुसार ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे 

logo
एएफपी,
प्रकाशित २०७८ चैत १६ बुधबार
ukraine-keiv-attack-russia.jpg

जेनेभा । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।

 युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए ।

 ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ