arrow

‘अल रिहला’ अर्थात् कतार विश्वकपको बल सार्वजनिक, शुक्रबार ड्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
qatar-world-cup-ball.jpg

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक भएको छ । कतारले बुधबार विश्वकपमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक गरेको हो । विश्वकप शुरु हुन २३६ दिन बाँकी हुँदा बल सार्वजनिक गरिएको हो । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुनेछ ।

एडिडास कम्पनीले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको  अरबी अर्थ ‘यात्रा’ हुन्छ । यसलाई अहिलेसम्मकै उत्कृष्ट बल भनिएको छ । शुद्धतामा उच्चतम स्तरको बल भएकोसमेत कम्पनीको दाबी छ । 

यस संस्करणको विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ । हालसम्म आयोजकसहित २७ राष्ट्र विश्वकपका लागि छनोट भइसकेका छन् । शुक्रबार ड्र सार्वजनिक हुनेछ । 

त्यतिन्जेल २९ राष्ट्रको छिनोफानो हुनेछ । 

तीन राष्ट्रको छिनोफानो भने पछि मात्रै हुनेछ । जसमा दुई अन्तरमहादेशीय प्लेअफ र एक युएफाको प्लेअफ हुन वाँकी रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ