arrow

पश्चिमा भन्छन्- युद्ध मैदानमा के भइरहेकाे छ भन्ने कुरा पुटिनलाई थाहा दिइएकाे छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
vladimir-putin2021.jpg

काठमाडौं । युक्रेनमा जारी युद्धमा रुसी सेनाहरुले कुन किसिमको हार व्यहोरीरहेका छन् भन्ने कुरा भ्लादिमिर पुटिनलाई जानकारी नदिइएको पश्चिमा गुप्चरहरुको भनाइ छ । 

रुसी सेनाले सामग्री अभाव र हार व्यहोरी रहेको कुरा पुटिनका आफ्नै सल्लाहकारहरुले जानकारी नगराएको ह्वाइट हाउसले जनाएको हो ।

यद्यपि, यस बिषयमा रुसले प्रतिक्रिया दिन बाँकी छ । प्रतिबन्धका कारण अर्थतन्त्रमा कस्तो असर परिरहेको छ भन्ने कुराको जानकारी समेत डरका कारण पुटिनलाई नगराइएको ह्वाइट हाउसको भनाइ छ ।

सेनाको नेतृत्वले आफुलाई भ्रममा पारिरहेको कुरा पुटिनलाई महसुस भइरहेको र यसले सेना र पुटिनबीच तनाव समेत सिर्जना भएको ह्वाइट हाउसका प्रवक्ता केट बेडिङफिल्डको भनाइ छ ।

वास्तवीक स्थिती थाहा नहुँदा पुटिनले जितिरहेकै ठान्ने र यसले शान्ति वार्तामा प्रभाव पार्ने पेन्टा गनका प्रवक्ता जोन कर्बीको भनाइ छ । अप्रिल १ बाट अनलाइनमार्फत रुस र युक्रेनबीच शान्ति वार्ता चल्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ