arrow

म्याग्दीमा दुई सवारीमा आगजनी, घटना रहस्यमय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
Van aaglagi.jpg

म्याग्दी । बेनी-दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका-६ डम्मरामा रहेको दुई सवारी-साधनमा आगजनी भएको छ ।

आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ  । 

सडकमै पार्किङमा रहेका ध१ज ९८६ नं को भ्यान र ध१ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।

बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । 

दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ