arrow

युक्रेन आक्रमणको ३७ दिन, पुटिन जिद्दी बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
ukraine-russia-military-war.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको ३७ दिन भएको छ । रुसले अझै पनि आक्रमण छाडेको छैन । तर रुस पनि आर्थिक संकटमा पर्न थालिसकेको छ । 

रुसले युद्ध रोक्न कुनै चासो नदेखाएसँगै थुप्रै देशहरुले रुससँगको सम्बन्ध तोड्दै गएका छन् । रुससँग पेट्रोलियम पदार्थ लिने सम्झौता रद्द गर्दै गएका छन् । 

अर्थतन्त्र जोगाउन रुसले रुबलमै ग्यासको भुक्तानी गर्नुपर्ने बताउँदै आएको छ । सोको विरोधमा जर्मनीले रुससँगको करार नै रद्द गरिदिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुबलमा भुक्तानी नभए ग्यास पठाउन रोकिने बताएसँगै तनाव सिर्जना भएको छ । जर्मनीले करार रद्द गर्दा बेलायत र फ्रान्सले पनि रुबलको मागप्रति विरोध जनाएका छन् । 

पहिले यूरो वा डलरमा तय भएकामा अहिले आएर रुसले रुबल मागेपछि देशहरु पछि हटेका छन् । 

रुसले युरोपका लगभग एक तिहाई देशमा ग्यास आपूर्ति गर्दै आएको छ । यता अमेरिकाले फ्युलको बढ्दो मूल्यलाई मध्यनजर गर्दै दैनिक १० लाख ब्यारेल कच्चा तेल जारी गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलले युक्रेन हमलालाई मध्यनजर गर्दै आगामी छ महिनासम्म १० लाख ब्यारेल कच्चा तेल जारी गर्ने घोषणा गरेका हुन् । 

युक्रेनको रक्षा मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनाले १ हजार ३७० मिसाइलले आक्रमण गरिसकेको छ । अहिलेसम्म बमबारीमा १४८ बालबालिकाको ज्यान गएको छ । 

यता, अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार रुसी सेना चेर्नोबिल न्यूक्लियर प्लान्टबाट पछि हटेको छ । उक्त क्षेत्रमा रुसी सेनाले २४ फेब्रुअरीमा कब्जा जमाएको थियो । रुसी सेना त्यहाँबाट पछि हटेर बेलारुसतर्फ अगाडि बढेको छ । 

 यसैबीच शुक्रबार पनि वार्ता हुने भनिएको छ । अहिलेसम्म भएका शान्ति वार्ता सफल भने हुन सकेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ