arrow

युक्रेनमा दुई 'देशद्रोही' जनरल बर्खास्त, रुसले १ लाख ३४ हजार नयाँ भर्ती खोल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
ukraine-missile.JPG

काठमाडौं । युक्रेनसँग जारी युद्धका बीच रुसले १ लाख ३४ हजार ५ सय नयाँ सैन्य भर्ती खोलेको बताइएको छ । रुसका रक्षामन्त्री सर्गेई शोइगुले मंगलबार नयाँ बोलाइएकाहरुलाई जहाँसुकै पनि पठाउन सक्ने बताएका छन् ।

युद्धमा यी नयाँ सैनिकहरुलाई कुन भुमीकामा राखिन्छ भन्ने स्पष्ट भने छैन । यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले रुसले पूर्वी डोनबास क्षेत्रमा ‘शक्तिशाली हमला’ गर्ने योजना बनाइरहेको बताएका छन् ।

'डोनबासमा, मारिउपोलमा र खार्किभतिर रूसी सेनाले शक्तिशाली हमलाका लागि तयारी गरिरहो छन्, हामी रक्षा गर्नेछौं,' जेलेन्स्किले भनेका छन् ।

यसबाहेक रुसले जर्जियाबाट युद्धका लागि युक्रेनमा आफ्नो सेनाहरू परिचालन गरिरहेको युकेको रक्षा मन्त्रालयले जनाएको छ । यसबाट रुसी सेनामा कति ठूलो क्षति भएको छ भन्ने कुरा अनुमान गर्न सकिने युकेको रक्षा मन्त्रालयको भनाइ छ ।

उता युरोपेली युनियन र चीनका नेताहरूले दुई वर्षपछि शुक्रबार पहिलो ईइु चाइना शिखर सम्मेलन गर्न लागेका छन् । यो सम्मेलनमा युक्रेनमा जारी युद्धबारे व्यापक छलफल हुनसक्ने आंकलन गरिएको छ । यस्तै रुसले युरोपेली युनियनले लगाएको प्रतिबन्धको जवाफ दिने चेतावनी दिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्किले दुई युक्रेनी जनरललाई ‘देशद्रोही’ भन्दै बर्खास्त गरेका छन् । युक्रेनी सञ्चार माध्यमका अनुसार जनरल एवं राष्ट्रिय सुरक्षा सेवाका वरिष्ठ सदस्य एन्ड्री नाउमोभ र सेर्ही क्रिभोरुच्कोलाई पदबाट हटाइएको हो ।

आफ्नो राज्यको सुरक्षा, यसको स्वतन्त्रता र स्वतन्त्रताको सम्बन्धमा युक्रेनी जनताप्रति वफादारीको सैन्य शपथ उल्लङ्घन गरेको भन्दै दुवै जनरललाई पदबाट हटाएको राष्ट्रपति जेलेन्स्किले बताएका छन् ।

जापानका लागि युक्रेनका राजदूत सेर्गी कोर्सुनस्कीले युक्रेन चाँडै नै रुसी हवाई आक्रमणबाट आफूलाई सुरक्षित राख्न सक्षम हुने बताएका छन् । अमेरिका र बेलायतबाट अत्याधुनिक रक्षा प्रणाली पाउने अपेक्षासहित उनले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै ईयू संसदकी अध्यक्षले युक्रेनको राजधानी किभको भ्रमण गरिरहेको बताएकी छन् । माल्टा निवासी रोबर्टा मेत्सोलाले कालो कोट लगाएको आफ्नो तस्बिर ट्विट गर्दै किभको भ्रमण गरिरहेको बताए पनि थप जानकारी भने दिएकी छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ