arrow

रुसी विदेशमन्त्रीलाई जयशंकरले भने- ‘कूटनीतिबाट विवाद समाधान गर्ने पक्षमा भारत’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
s-jaishankar-lavrov-russia.jpg

काठमाडौं । भारत र रुसी विदेश मन्त्रीहरू बीच शुक्रबार भारतको नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । रुस र युक्रेनबीच जारी युद्धका क्रममा भएको भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले कुटनीतिक तरिकाबाट विवाद समाधानको पक्षमा भारत रहेको बताएका छन् ।

यस्तै रुसी विदेश मन्त्री सर्गेई लाभरोभले भेटघाटको क्रममा भारत र रुसी द्विपक्षीय सम्बन्धको इतिहासमा 'मित्रता मुख्य शब्द' भएको बताएका छन्। 

बेलायती र अमेरिकी वार्ताकारहरूलाई संकेत गर्दै उनले पछिल्ला केही दिनमा  हाम्रा पश्चिमी सहकर्मीहरूले युक्रेनको संकटमा अर्थपूर्ण अन्तर्राष्ट्रिय मुद्दालाई कम गर्न चाहेको बताएका छन् ।

'तपाईंलाई हाम्रो स्थिति थाहा छ र हामी केहि लुकाउँदैनौं...भारतले यो अवस्थालाई एकतर्फी रूपमा नभई पूर्ण तथ्यका साथ लिइरहेको छ, हामी प्रशंसा गर्छौं,' दुई देशका विदेशमन्त्रीबीचको बैठक सुरु हुन लाग्दा लाभरोभले भने ।

उनले बेलायती विदेश सचिव लिज ट्रससँगको भेटमा बिहीबार जयशंकरको टिप्पणीलाई उल्लेख गर्दै रसियाले 'बहुध्रुवीय संसार' हेरिरहेको बताए।

रुसी विदेशमन्त्री लाभरोभ बिहीबारदेखि सुरु भएको दुई दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका रहेका छन् । गत महिना मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि यो उनको पहिलो भारत भ्रमण हो।

लाभरोभको नयाँ दिल्ली भ्रमणको मुख्य एजेण्डा भारतले छुटमा रुसी कच्चा तेल खरिद गर्ने र मस्को विरुद्ध पश्चिमी प्रतिबन्धहरूलाई ध्यानमा राख्दै द्विपक्षीय व्यापारको लागि रुसी रुपैया रुबल भुक्तानी प्रणालीमा राख्ने अपेक्षा गरिएको छ ।

वार्ताको क्रममा भारतले रुसद्वारा विभिन्न सैन्य हार्डवेयरका साथै एस ४०० मिसाइल प्रणालीका कम्पोनेन्टहरू समयमै डेलिभरी सुनिश्चित गर्न दबाब दिने सम्भावना छ। लाभरोभ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भेटघाटमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ