arrow

आयो विश्वकप फुटबलको तालिका, उद्घाटनमा कतार र इक्वेडर भिड्ने, जर्मनी र स्पेन एकै समूहमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
qatar-world-cup-draw.jpg

काठमाडौं । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन  सेन्टर’ मा शुक्रबार राति भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

उद्घाटन खेलमा नोभेम्बर २१ तारिखमा आयोजक कतार र इक्वेडर भिड्ने छन् । विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका विभिन्न शहरहरुमा आयोजना हुँदैछ । अहिलेसम्म सहभागी हुने ३२ मध्ये २९ देशको मात्र छिनोफानो भएको छ । 

तीन देशको छिनोफानो आगामी जुन महिनामा मात्र हुनेछ । शुक्रबार राति भएको ड्रअनुसार यस्तो भएको छ समूह विभाजन–

समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टारिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ