arrow

रसुवाका पाँच वटै गाउँपालिकामा कांग्रेसको विजय निश्चित – केन्द्रीय सदस्य आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
rasuwa-congress-prachar.jpg

रसुवा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको हो ।

कांग्रेसले जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊँ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । 

यसअघि जिल्लामा केन्द्रीय स्तरका नेताबाटसमेत पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने दाबी गर्छन् ।

समृद्ध रसुवा निर्माणका लागि रसुवाली जनताले कांग्रेसलाई नै रोज्ने उनी बताउँछन् । कांग्रेसले नेतृत्व गरेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्टि गरिसकेको उनी बताउँछन् ।  

रसुवामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुई गाउँपालिका, नेकपा एमालेले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टी अहिले कांग्रेस पार्टीमा विलय भैसकेको छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ