arrow

स्थानीय निर्वाचनः गण्डकीमा पनि पाँच दलको गठवन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
5 dal.jpeg

पोखरा । आगामी स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुवीच तालमेल गर्ने सहमति भएसंगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको पाँच दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आशन्न स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका जानकारी दिए ।

बैठकले निर्वाचनका लागि प्रदेशस्तरमा गठवन्धन बनाउँदै पाँच दलको संयुक्त घोषणापत्र जारी गर्ने र गठबन्धनका दलहरुवीच सोहार्दपूर्ण वातावरण तयार गरि कार्ययोजना र कार्यदिशा दिने निर्णय गरेको छ ।

गठबन्धनका गण्डकी प्रदेशभित्र दलहरुले आगामी आआफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलन गरि विस्तृत विवरण आगामी बैठकमा पेश गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।

गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते पुनः अर्को बैठक बस्ने जनाइएको छ । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ