arrow

युक्रेन आक्रमणको ३९ औं दिन, बुचामा २० शव छरिएको अवस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
ukraine-attack-keiv-2022.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरिरहेको आज ३९ दिन भइसकेको छ । यहाँसम्म आइपुग्दा थुप्रै क्षति भएको छ । वासिङटन पोष्टका अनुसार राजधानी किभको आसपासमा रुसी सेनाले क्षेत्र खाली गराइरहेको छ । 

किभको नजिकै बुचामा शहरका सडकमा कम्तीमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा फेला परेको छ । सो शहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । 

फेला परेका शव पुरुषहरुको भएको बताइएको छ । तीमध्ये एउटा शवको दुवै हात पछाडि बाँधिएको थियो । शव  राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । 

शवको प्रकृति हेर्दा निकै दुःख दिएर मारिएको बताइन्छ । राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएपछि रुसी फौज किभ नजिकैका धेरै शहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ ।

मारियुपोलमा धेरै संख्यामा मानिसहरु फसेका छन् । उनीहरुलाई बचाउने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । 

रुसी सेना पछाडि हट्दै गए पनि सडकहरुमा थुप्रै शव भेटिन थालेको बताइन्छ । रुसी सेनाले प्रदर्शनकारीमाथिसमेत गोली चलाएको छ । जहाँ चार जना घाइते भएका छन् । 

युक्रेनमा रुसी समर्थकको सम्पत्ति जफत हुने भएको छ । युक्रेनी संसदले रुसी युद्ध समर्थकहरुको सम्पत्ति जफत गर्ने अनुमति दिने कानून पारित गरेको हो । 

रुसी सैनिकले युक्रेनमा आफूहरु बच्नका लागि बालबालिकालाई ढालको रुपमा प्रयोग गरेको समेत पाइएको छ । 

वार्ताको पहल भइरहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ