arrow

स्याङ्जामा निर्माणाधीन पुल भत्कियो, आठ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
syangja pool.jpeg

स्याङ्जा । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना मानिस घाइते भएका छन् ।

चापाकोट नगरपालिका वडा नं. ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर-रामपुरपाल्पा जोडने पक्की पुल निर्माणको क्रममा गए राति भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्रेनले फलामको बिम माथि उचाली कामदारहरूले उक्त बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक भत्किएको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिए । 

पुल भत्किएर घाइते हुनेहरूमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षका कुमार पटेल, २८ वर्षका जितेन्द्र पटेल, भारत विहारका २५ वर्षका धनञ्जय ठाकुर रहेका छन् । 

यसै गरी भारत विहारकै २१ वर्षका सुजित कुमार यादव, ४८ वर्षका रघुनाथ राव, २५ वर्षका अनुपकुमार राव, र गोरखाका २३ वर्षका सृजन परियार पनि पुल भत्किँदा घाइते भएका छन् ।

घाइतेमध्ये धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । उनीहरू सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ