arrow

बुचा नरसंहार : पोल्याण्ड र स्पेनी प्रधानमन्त्री मानवता विरुद्धको अपराधको विरुद्धमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
ukraine-bucha-civilian-killed-war-ukraine.jpg

काठमाडौं ।  पोल्याण्ड र स्पेनी मानवता विरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुने बताएका छन् ।  पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई "नरसंहार" को संज्ञा भन्दै त्यसबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।

साथै स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित "नरसंहार" को सङ्केत देखिएको बताएका छन्  । रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।

"हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तर्राष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं,"  प्रधानमन्त्री मोराविकीले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गरेका हुन् । 

स्पेनी प्रधानमन्त्री सान्चेजले भने "हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौँ र त्यसका लागि अदालतमा उपस्थित हुनेछौ ... मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।" 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ