arrow

जनकपुर साहित्य-कला महोत्सव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
jankpur-kala.PNG

जनकपुर । जनकपुरधाममा तीन दिने ‘जनकपुर साहित्य-कला महोत्सव’को आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकार सहभागी हुने जानकारी गराए।

मैथिली विकास कोषको आयोजनामा यही चैत २३ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा बताए। महोत्सवमा १० वटा विभिन्न विषयहरूमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञान सीपको प्रदर्शनका साथै सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने कोषका अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा भारतका तीन वटा नाट्य समूह र दुई वटा नेपालको नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए। महोत्सवमा सम्भावित सहभागी नाटक ५ वटा समावेश गरिनेछ । त्यस्तै, सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विमर्शमा १० वटा सत्र हुने र त्यसमा १ सय २० जना सहभागी रहने आयोजकले भने।

 महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभा यात्रा, रँगारँग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको छ।

नेपाल तथा भारतका विभिन्न विषय विज्ञलाई आमन्त्रण गरी जनसरोकारका विषयसहित राज्यको नीतिगत तहमा सुझाव समेत विद्वानबाट प्राप्त हुने गरी विषय निर्धारण गर्ने गरिएको छ।

यसअघि कोषले २०७३ सालमा पहिलो र २०७५ सालमा दोस्रो जनकपुरधाम साहित्य कला महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो । महोत्सवमा नाटक प्रदर्शन, सङ्गीत तथा नृत्य प्रदर्शन, मैथिली चित्रकला तथा हस्तकलाको प्रदर्शनी, पुस्तक प्रदर्शनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरूमा विमर्श गर्ने गरिएको आयोजकले जानकारी दिए ।

साहित्य कलाका साथै अर्थ, कृषि, पर्यटन, वातावरणका साथै युवा, महिला र आम सञ्चारका क्षेत्रमा पनि उक्त महोत्सवमा गहन विमर्श हुने गरेको जानकारी दिँदै चौधरीले मैथिली विकास कोष मैथिली भाषाको समृद्धि र विकासको क्षेत्रमा निरन्तर कार्य गर्ने संस्था रहेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ