arrow

भारतका गौतम अडानी पनि '१०० अर्ब डलरको क्लब'मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
gautam-adani-joins-100-billion-dollar-club.jpg

काठमाडौं । विश्वको सेन्टीबिलियनर्सको क्लबमा नयाँ सदस्य गौतम अडानी थपिएका छन् ।  बन्दरगाह, खानी र हरित ऊर्जालगायतमा लगानी रहेका भारतीय टाइकुन १०० अर्ब सम्पत्ती हुने व्यक्तिको सूचिमा थपिएको ब्लूमबर्गक्विन्टले जनाएको हो ।

यस वर्ष मात्रै अडानीको आम्दानी लगभग १४ अर्ब डलरले बढेको छ । अडानीबाहेक एलन मस्क, जेफ बेजोस, मुकेश अम्बानी, बील गेट्स, बर्नार्ड अर्नाल्ट, लगायत ९ जना १०० अर्ब डलरको सम्पत्ती हुनेको सुचीमा छन् ।

पछिल्लो दुई वर्षमा हरित ऊर्जा र पूर्वाधार क्षेत्र अडानीका लागि फलिफाप भएको बताइएको छ ।

फ्रान्सको टोटल एसई र वारबर्ग पिंकस जस्ता कम्पनीहरूबाट समेत अडानीलाई लगानी आएको छ ।

अडानीले कथित रूपमा विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबमा सम्भावित साझेदारीको खोजी समेत गरिरहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ