arrow

कास्कीका सबै तहमा पाँच दलको गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
Gathabandhan.jpg

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले कास्कीका पाँच वटै पालिका र समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

जिल्लास्थित पाँच वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरूको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरि आवश्यक गृहकार्य गर्ने निर्णय गरेको बताइएको छ ।

यसै गरी गठबन्धनमा रहेका दलहरुबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावनासहित अघि बढ्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । 

निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा भएको बैठकमा कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुली र बाबुराम गिरी, माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुङ र विश्व प्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्यसहित होम नेपाली र झपिन्द्र रेग्मी, राजमोको तर्फबाट अध्यक्ष रवीमोहन ढकाल, सङ्घीय समाजवादीको तर्फबाट अध्यक्ष गिरी प्रसाद गुरुङ र नारायण भण्डारी सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ