arrow

सबैभन्दा बढी अलैँची निर्यात गरेर एभरेष्ट लार्ज काडामम सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
everest-cadamom-reward.jpg

काठमाडौं । नेपाली अलैँचीको आफ्नै प्रोसेसिङ उद्योग स्थापना गरेको एभरेष्ट लार्ज काडामम इन्डस्ट्रिज प्रालि गत आर्थिक वर्षमा सर्वाधिक अलैँची निर्यात गर्ने उद्योग बन्न सफल भएको छ । 

निर्माण व्यवसायी महासंघबाट एभरेष्टले गत आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा बढी अलैँची निर्यात गर्न सफल भएको घोषित गर्दै सम्मान गरिएको हो । सोमबार राजधानीमा भएको एक कार्यक्रमबीच निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभामा एभरेष्टलाई सम्मान गरिएको हो । 

 एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योगका अध्यक्ष निर्मल भट्टराईलाई उक्त पुरस्कारसहित सम्मान गरेका हुन् । आर्थिक वर्ष २०७७–७८ मा एभरेष्टले २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो । 
 
एभरेष्टबाट नेपालमै फलेको अलैँचीलाई भेरिङ, प्रोसेसिङ, लेभलिङ र प्याकेजिङ गरेर स्वदेशीसँगै विदेशी बजारमा आफ्नो उत्पादन बेचिरहेको छ । यसका चार वटा उत्पादनहरु रहेका छन् । जसमा मिजाज लार्ज काडामम, मिजाज लार्ज काडामम सिड्स, मिजाज लार्ज काडामम पाउडर र मिजाज माउन्टेन मर्लस् रहेका छन् । 

यी उत्पादनहरु अहिले नेपाली बजारमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


 



नयाँ